Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Banke

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Banke

Sunday, Jestha 31, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

About Us 2075-08-20

बाँके जिल्लाको संक्षिप्त परिचयः

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र एवं प्रमुख नाकाको रुपमा परिचित तराईका २० जिल्ला मध्ये एक बाँके जिल्ला पनि हो। सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत् वि.सं. १८७२ को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरुप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपरोक्त बाँके लगायतका जिल्लाहरुलाई नयाँ मुलुकका रुपमा चिनिन्छ। यस जिल्लाको भू-भाग मध्ये केही अंश चुरे क्षेत्रले ओगटेको छ भने अधिकांश भू-भाग तराइले ओगटेको छ। चुरे क्षेत्र समुद्र सतहदेखी ६१० मिटर देखि १२३६ मिटर अग्लो छ भने जिल्लाको बाँकी भू-भाग समुद्र सहतदेखी १२७ मिटर देखी ६१० मिटरसम्मको उचाईमा रहेको छ। चुरे पर्वत श्रृंखला अन्तर्गत हात्तीसार, कन्याडाडा, लिकानालेक, देउराली, गाइलेक आदि क्षेत्रहरु पर्दछन्। चुरे भावर क्षेत्रमा चिसापानी, महादेवपुरी, कचनापुर, खासकुस्मा र बैजापुरका केही भाग पर्दछन् भने बाँकी सबै भू-भाग तराई क्षेत्रमा नै पर्दैछ।

भौगोलिक अबस्था

  • अक्षांस:- २७ं ५१७३' उत्तरदेखि २८ं २०७३'उत्तर सम्म
  • देसान्तर:- ८१ं २९७३' पूर्वदेखि ८२ं ८७३' पूर्व सम्म
  • सिमाना:- पूर्वमा दाङ जिल्ला तथा भारतको उ.प्र.को बहराईच जिल्ला
  • पश्चिम:- बर्दिया जिल्ला
  • उत्तर:- सल्यान बर्दिया र दाङ जिल्ला
  • दक्षिण:- भारतको उ.प्र.को बहराईच र श्रावस्ती जिल्ला
  • क्षेत्रफल २३३७ वर्ग कि. मि.
  • अधिकतम लम्बाई:- ८४ कि.मि.
  • औसत चौडाई:- ४० कि.मि.
  • भौगोलिक विभाजन:- केही चूरे क्षेत्र र अधिकांश तराई
  • हावापानीः उष्ण देखि समशितोष्ण सम्म

भौगोलिक विभाजनः

भु-बनोटको आधारमा बाँके जिल्लालाई तीन भागमा विभाजन गर्न सकिन्छ।

क) तराईको समतल भूमि

ख) उत्तरमा भावर क्षेत्र

ग) चुरे पर्वत श्रेणी

 

राजनैतिक तथा प्रशासनिक विभाजनः

बाँके जिल्ला लुम्बिनी प्रदेशमा पर्दछ। यस जिल्लाको नेपालगञ्ज शहर जिल्लाको सदरमुकामको रुपमा रहेको छ। बाँके जिल्लामा ३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ भने १ उपमहानगरपालिका, १  नगरपालिका र ६ वटा गाउँपालिका गरी जम्मा ८ वटा स्थानीय तह रहेका छन्।

राष्ट्रिय जनगणना, 2078 अनुसार

कुल जनसंख्याः ६,०३,१९४               जनघनत्वः २५८ व्यक्तिहरु प्रति वर्ग किमी         

पुरुषः २,९६,७४५ (४९.२%)              महिलाः ३,0६,४४९(५०.८%)

लैङ्गिक अनुपातः ९६.८३                  वार्षिक जनसंख्या वृद्धिदरः १.९७%

 

जिल्लामा बसोबास गर्ने मुख्य जातजातिका आधारमा जनसंख्याः

मुसलमानः १,१०,३३३ (१८.३०%)

क्षेत्रीः ९७,०७० (१६.१%)

थारुः ८२८८१ (१.७%)

मगरः ३४६१९ (५.७%)

ब्राहम्मण-पहाडः ३३,०२६(५.५%)

विश्वकर्माः ३४,००६(५.१%)

यादवः २६,३९१(४.४%)

ठकुरीः २६,१६७(४.३%)

कुर्मीः १५,५१०(२.६%)

चमार/हरिजन/रामः १३,३६३(२.२%)

धार्मिक आस्थाका आधारमा जनसंख्याः

हिन्दुः ७८.९%      इस्लामः १८.७%    बौद्धः ०.७%        किरातः ०.२%

क्रिश्चियनः १.६%    प्रकृतिः ०.०१%     बोनः ०.०१%       जैनः        

बहाईः             सिखः ०.१%

 मातृभाषाका आधारमा जनसंख्याः

नेपालीः ४१.८%     अवधीः ३७.२%     थारुः १३.४%      उर्दुः ३.१%

हिन्दीः २.१%       मगरढुटः १.०४%    नेपाल भाषा (नेवारी): ०.३%  मैथिलीः ०.२%

खसः ०.२%

बाँके जिल्लामा रहेको स्थानीय तहहरुको संक्षिप्त जानकारीः

उपमहानगरपालिकाको नामः नेपालगञ्ज उपमहानगरपालिका

वडा संख्याः २३

जनसंख्याः १,६४,४४४

क्षेत्रफलः ८५.९४ वर्ग कि.मी.

सीमानाः

पूर्वः डुडुवा गा.पा.         पश्चिमः जानकी गा.पा.

उत्तरः कोहलपुर न.पा.     दक्षिणः भारत

 

नगरपालिकाको नामः कोहलपुर नगरपालिका

वडा संख्याः १५

जनसंख्याः १,०१,६६७

क्षेत्रफलः १८४.२६ वर्ग कि.मी

सीमानाः

पूर्वः राप्ती सोनारी गा.पा.         पश्चिमः बैजनाथ गा.पा.

उत्तरः सल्यान                         दक्षिणः जानकी गा.पा.

 

गाउँपालिकाको नामः नरैनापुर गाउँपालिका

वडा संख्याः ६

जनसंख्याः ४३,२०६

क्षेत्रफलः १७२.३४ वर्ग कि.मी.

सीमानाः

पूर्वः राप्ती सोनारी गा.पा.         पश्चिमः डुडुवा गा.पा.

उत्तरः राप्ती सोनारी.पा.           दक्षिणः भारत

 

गाउँपालिकाको नामः राप्ती सोनारी गाउँपालिका

वडा संख्याः ९

जनसंख्याः ६६,४४५

क्षेत्रफलः १०४१.७३ वर्ग कि.मी.

सीमानाः

पूर्वः दाङ जिल्ला                              पश्चिमः कोहलपुर न.पा. र डुडुवा गा.पा.

उत्तरः दाङ र सल्यान जिल्ला            दक्षिणः नरैनापुर गा.पा. र भारत

 

गाउँपालिकाको नामः बैजनाथ गाउँपालिका

वडा संख्याः ८

जनसंख्याः ६९,४७२

क्षेत्रफलः ६७ वर्ग कि.मी.

सीमानाः

पूर्वः कोहलपुर न.पा.                   पश्चिमः बर्दिया जिल्ला

उत्तरः बर्दिया जिल्ला                   दक्षिणः खजुरा गा.पा.

 

गाउँपालिकाको नामः खजुरा गाउँपालिका

वडा संख्याः ८

जनसंख्याः ६२,७८९

क्षेत्रफलः १०१.९१ वर्ग कि.मी.

सीमानाः

पूर्वः जानकी गा.पा.                      पश्चिमः बर्दिया जिल्ला

उत्तरः बैजनाथ गा.पा.                   दक्षिणः भारत

 

गाउँपालिकाको नामः डुडुवा गाउँपालिका

वडा संख्याः ६

जनसंख्याः ४३,१३५

क्षेत्रफलः ९१.१ वर्ग कि.मी.

सीमानाः

पूर्वः राप्ती सोनारी र नरैनापुर गा.पा.                    पश्चिमः नेपालगञ्ज उपमहानगरपालिका

उत्तरः राप्ती सोनारी गा.पा. र कोहलपुर न.पा.       दक्षिणः भारत

गाउँपालिकाको नामः जानकी गाउँपालिका

वडा संख्याः  ६

जनसंख्याः ४६,१४१

क्षेत्रफलः ६३.३२ वर्ग कि.मी.

सीमानाः

पूर्वः नेपालगञ्ज उपमहानगरपालिका              पश्चिमः खजुरा गा.पा.

उत्तरः कोहलपुर न.पा.                                  दक्षिणः भारत

 

हावापानीः

यस जिल्लामा गर्मीको मौसममा अत्यधिक गर्मी हुने, लु चल्ने तथा जाडो मौसमा शीतलहरले अत्यधि जाडो हुने गर्दछ। नेपालकै सबैभन्दा गर्मी हुने स्थान नेपालगञ्ज समेत यसै जिल्लामा पर्दछ। यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चुरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण  (Tropical) प्रकारको हावापानी पाइन्छ। यहाँको अधिकताम तापक्रम ४६ डिग्री से. र न्यूनतम तापक्रम ४.२ डिग्री से. सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औषत सापेक्षिक आर्द्रता ७१.४ छ। हावाको औषत वेग ३ कि.मि. प्रति घण्टा छ।

भू-उपयोगको अवस्थाः

जिल्लाको कुल क्षेत्रफलमध्ये करिब ५० प्रतिशत भु-भाग वन क्षेत्रले ओगटेको छ भने बाँकी ५० प्रतिशत अन्य भु-भाग रहेछ।

प्रमुख ताल तलैया नदीहरुः

क) तालः रानी तलाउ, वाटर पार्क

ख) नदीहरुः प्रमुखः राप्ती, मान, डुडुवा,

     सहायकः किरण नाला, सुखरा, मुगुवा, गावर, परुवा, रोहिणी, झिंजरी, गुडुवा,     खैरी, गोठरी, जेठीनाला आदि।

ग) राष्ट्रिय निकुञ्जः बाँके राष्ट्रिय निकुञ्ज

धार्मिक तथा पर्यटकीय क्षेत्र

धार्मिक स्थल:- बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि।

पर्यटकीय स्थल:- महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि।

ब्यापारिक महत्वका स्थानहरू

नेपालगाज, कोहलपुर, खजुरा, नरैनापुर, कुसुम, चिसापानी बजार, रांझा आदि।

 

 

 


CDO List
2075-10-08
Employees
2076-05-16

Last Updated : 2083-02-21 21:04:11

© All Rights Reserved to District Administration Office, Banke .