बाँके नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत बि.सं. १८७३को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि. सं. १९१७मा बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बांके लगायतका जिल्लाहरूलाई नयां मुलुकका रूपमा चिनिन्छ।
भौगोलिक अबस्था
राजनैतिक विभाजन
यस जिल्लाका जम्मा ३४ वटा गा.वि.स. र २ न.पा. लाई चार निर्वाचन क्षेत्रमा र १३ वटा इलाकामा विभाजन गरिएको छ।
प्रमुख ताल तलैया नदीहरू
ताल:- रानी तलाउ वाटर पार्क ताल
नदीहरू:-
क)प्रमुखः-राप्ती,मान,डुडुवा
ख) सहायक:- किरण नाला रोहिणि िझंजरी गुडुवा खैरी गोठरी र जेठी नाला
धार्मिक तथा पर्यटकीय क्षेत्र
ब्यापारिक महत्वका स्थानहरू
नेपालगाज, कोहलपुर, खजुरा, नरैनापुर, कुसुम, चिसापानी बजार, रांझा आदि।
हावापानी
यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहांको अधिकतम तापक्रम ४६ं से. र न्यूनतम तापक्रम ४.२ं से.सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आद्रता ७१.४ छ। हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बाँके
Powered By: ProActive Developers