2076-12-30
2076-12-30
नेपालमा नोबल कोरोना भाइरस (COVID-19) सक्रमणको न्युन रुपमा भएपनि बृद्धि हुँदै गएको र एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सरेको तथ्य समेत सार्वजिनक भइसकेको सन्दर्भमा सर्वसाधारणलाइ Lockdown को पूर्ण परिपालना गरिदिनु हुन पुन: अनुरोध छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन हुन र निस्कदाँ मास्कको अनिवार्य प्रयोग गर्नुहुन अनुरोध छ । दैनिक उपभोग्य बस्तु खरिद गर्दा एक अर्का बिच दुरी Social Distance कायम गरेर पंग्तिबद्द भइदिनुहुन अनुरोध छ । COVID-19 सक्रमणको उपचार गरेमा निको समेत हुने हुनाले संक्रमणको कुनै लक्षण देखिएमा डर/धक नमानी नजिकैको स्वास्थय संस्थामा जचाँउन जानुहनु र संक्रमणको लक्षण देखिएको बिरामी कहीँकतै लुकीछीपी बसेको देखेमा वा सूचना प्राप्त भएमा हटलाइन नं. १११५ र ११३३ मा खबर गरिदिनुहुन अनुरोध गरिन्छ ।